विराटनगर र काठमाडाैंकाे खेल २-२ गाेलकाे अवस्थामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 274 पटक हेरिएको

 

नेपाल सुपर लिगमा अहिले काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा दुई टिमले दुई दुई गोल गरेका छन ।
दशरथ रंगशालामा खेलको सुरुवात देखि नै आक्रामक दखिएको विराटनगरले छैटौं मिनेटमा नै अग्रता बनायो । उसका लागि रञ्जित धिमालको लामो क्रसमा विदेशी खेलाडी एडीलाजाले उत्कृष्ट गोल गरे ।

त्यसपछि १६ औं मिनेटमा फेरी एडीलाजाले पाएको मौकालाई भने सदुपयोग गर्न सकेनन् । २५ औं मिनेटमा सुनील बलको सशक्त प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।

खेलको ३३ औं मिनेटमा विराटनगरले खेलमा दुई शुन्यको अग्रता बनायो । यसपटक काठमाडौंका डिफेन्सलाई अगाडी बढेको मौकाको फाइदा उठाउँदै पेड्रो मान्जीले वन भर्सेस वनको अवस्थामा उत्कृष्ट फिनिस गरे ।

तर खेलको ४५ औं मिनेटमा काठमाडौं अन्तर दुई एकमा पुर्यायो । उसका लागि मेसुकेले गोल गर्न सफल भए ।

त्यसको अर्को मिनेटमा फेरी मेसुकेले गोल गर्न सफल भए । उनले गोलकिपर पोजिसनमा नभएको खण्डमा उत्कृष्ट फिनिस गर्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal