ललितपुरको नेपाल सुपर लिगमा पहिलो जित, प्लेअफको आशा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 536 पटक हेरिएको

नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ । आज (विहिबार) भएको खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई एक शुन्यले हरायो । यो जितपछि ललितपुरले प्लेअफमा पुग्ने संभावना कायमै रहेको छ भने बुटवल लुम्बिनीले अन्तिम चारमा पुग्न अन्तिम खेल जित्नुपर्ने छ भने अरुको खेलको नतिजामा पनि भर पर्नेछ ।

दशरथ रंगशालामा गर या मरको अवस्थामा मैदानमा उत्रिएको ललितपुरले सुरुवातमा नै अग्रता बनायो । खेलको छैटाैं मिनेटमा ललितपुरले खेलमा अग्रता बनायो । कर्नरबाट दुई खेलाडीलाई टच गरेर आएको बललाई उनले हेडमार्फत उत्कृष्ट फिनिस गरे । नुर्लान भन्दा अगाडी अञ्जन बिष्टले हेडको प्रयास गरेपनि अन्तिममा नुर्लानले गोलमा परिणत गरे ।

खेलको २२ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसपछि ३० औं मिनेटमा नुर्लानको क्रसमा कप्तान अञ्जन विष्टको हेडको प्रयासपनि पोष्टको नजिकैबाट बाहिरीयो ।

त्यसपछि खेलको ३२ औं मिनेटमा ललितपुरले अर्को सुन्दर मौका खेर फाले । अञ्जन विष्टको क्रसमा भिलिनले डिबक्स भित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

पहिलो हाफको इन्जुरी समयमा बुटवल लुम्बिनीका सुमन लामाको डिबक्स बाहिरबाट गरेको प्रहार आकासिन पुग्यो ।

पहिलो हाफको अन्तिम मिनेटमा विमल रानाको प्रहारलाई गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए, तर रिबाउण्डमा अञ्जन विष्टले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा पनि केहि राम्रा मुभ बनाएको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले डिबक्स भित्रबाट गरेको प्रहार पोष्ट भन्दा निकै माथिबाट बाहिरीयो । त्यसपछि ६६ औं मिनेटमा फेरी डोना थापाको डिबक्स बाहिरबाट गरेको प्रहार पनि फ्रेम भन्दा निकै बाहिर रह्यो ।

७३ औं मिनेटमा ललितपुरका कमल श्रेष्ठको प्रहार पनि पोष्टको नजिकैबाट बाहिरीए । त्यस अगाडीको प्रहारलाई बुटवल लम्बिनीका गोलकिपर विशाल श्रेष्ठले पन्च गरेर बचाएका थिए ।

८३ औं मिनेटमा डोनाको पासमा मिक्चेनको प्रहार फितलो रह्यो । उनको प्रहारलाई गोलकिपर विशाल श्रेष्ठले सहजै बचाए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र ललितपुरले प्रतियोगितामा पहिलाे तीन अंक हासिल गर्यो । यो जितपछि राजु तामाङको प्रशिक्षणमा रहेको ललितपुरले पाँच खेलमा ६ अंक बनाएको छ । बुटवल लुम्बिनीको पाँच खेलमा पाँच अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey