बुटवल लुम्बिनीविरुद्ध ललितपुर पहिलो हाफमा १–० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 531 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा खेलमा ललितपुरले एक शुन्यको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा गर या मरको अवस्थामा मैदानमा उत्रिएको ललितपुरले सुरुवातमा नै अग्रता बनायो । खेलको पाँचौं मिनेटमा ललितपुरले खेलमा अग्रता बनायो । कर्नरबाट दुई खेलाडीलाई टच गरेर आएको बललाई उनले हेडमार्फत उत्कृष्ट फिनिस गरे । नुर्लान भन्दा अगाडी अञ्जन बिष्टले हेडको प्रयास गरेपनि अन्तिममा नुर्लानले गोलमा परिणत गरे ।

खेलको २२ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसपछि ३० औं मिनेटमा नुर्लानको क्रसमा कप्तान अञ्जन विष्टको हेडको प्रयासपनि पोष्टको नजिकैबाट बाहिरीयो ।

त्यसपछि खेलको ३२ औं मिनेटमा ललितपुरले अर्को सुन्दर मौका खेर फाले । अञ्जन विष्टको क्रसमा भिलिनले डिबक्स भित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

पहिलो हाफको इन्जुरी समयमा बुटवल लुम्बिनीका सुमन लामाको डिबक्स बाहिरबाट गरेको प्रहार आकासिन पुग्यो । पहिलो हाफको अन्तिम मिनेटमा विमल रानाको प्रहारलाई गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए, तर रिबाउण्डमा अञ्जन विष्टले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो ।

त्यसपछि पनि दुई टिमले केहि मौका पाएपनि सफल भएनन् र पहिलो हाफमा ललितपुले एक शुन्यको अग्रता बनायो । यदि आजको खेलमा ललितपुर बराबरी वा पराजित भएको खण्डमा शिर्ष चारको होडबाट बाहिरीने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey