ओलम्पिक पदकविजेता भारतीय पहलवान सुशीललाई हत्याको आरोप, पुलिसको खोजी कार्य तिब्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 394 पटक हेरिएको

भारतीय चर्चित रेस्लर सुशील कुमारलाई हत्याको आरोप लागेको छ । जसका कारण उनलाई पक्राउ पुर्जी जारी भएको छ ।

ओलम्पिक पदक विजेता सुशील छत्रसाल स्टेडियममा भएको झगडामा सहभागि भएको र जुनीयर खेलाडीमाथि हातपात गरेको बताइएको छ । जसका कारण जुनीयर राष्ट्रिय खेलाडी सागरको निधन भएको र त्यो घटनामा सुशिलपनि संलग्न भएको पुलिसको भनाई छ ।

जसका कारण दिल्ली पुलिसले उनलाई पक्राउका लागि खोजिरहेपनि सुशिल भने सो घटनापनि फरार छन । यसका साथै सुशिलविरुद्ध अदालतमा मुद्धापनि दर्ता भएको छ ।

खासमा सम्पत्तीमा विवाद भएपछि सुशिलले सागको ज्यान लिएको भारतीय सञ्चार माध्यमले बताएका छन । सागर र उनका केही साथीहरु सुशील कुमारसगैको एउटा घरमा बस्दै आएका थिए । तर पछिल्लो पटक घरधनीले सागरलाई घर खाली गर्न भनेका थिए । त्यहि विषयमा सुशिल र सागरविच रंगशाला भित्र नै झगडा भएको थियो ।

सो झगडामा सुशील कुमार अजय, प्रिन्स, सोनु सागर, अमित र अरुविच झगडा भएको थियो । मंगलबार मध्यराती भएको सो झगडामा पाँच जना घाइते भएका थिए । जसमा २३ बर्षे सागरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनी दिल्ली पुलिसका हेड कन्स्टेबलका छोरापनि रहेका थिए ।

पुलिसका अनुसार यो घटना मंगलबार राती करिव एक बजेर २१ मिनेटमा स्टेडियमको पार्किङ एरियामा भएको बताएको छ । पुलिसले झगडाको जानकारी पाएपछि घटनास्थलमा पुगेको थियो, तर त्यहाँ पाँच वटा खाली गाडी भेटिएका थिए । यसका साथै घाइते सागरपनि भुइमा लडेका थिए । सो घटनामा घाइते हुने अरु चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा पुलिसले खाली गाडीका साथै एउटा बन्दुकपनि भेटेका थिए । यो घटनामा सुशील कुमारको भुमीकाको विषयमा अनुसन्धान भइरहेको बताएको छ । किनकी यो घटनाको आरोप उनीमाथि लागेको छ । घटनापनि उनी गायब हुँदा खोजीमा विभिन्न टिमलाई खटाइएको छ ।

यता सुशील कुमारले यो घटनामा आफ्नो संलग्नता नभएको बताएका छन । उनले मध्यराती भएको घटनाका लागि आफुहरुले नै फोन गरेर पुलिसलाई बोलाएको बताए । उनले आफ्नो र यो घटनामा कुनै सम्बन्ध नभएको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal