टिमका सबै घरपुगेपछि अन्तिममा आफु राँची जाने-धाेनी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 220 पटक हेरिएको

चेन्नेई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी आफ्नो टिमका सबै खेलाडी फर्किएपछि मात्र अन्तिममा आफु राँची जाने बताएका छन ।

कोरोनाका कारण इन्डियन प्रिमियर लिग स्थगित हुँदा सबै टिमका खेलाडी एकपछि अर्को गरेर आफ्नो घर वा देश फर्किने क्रममा छन । यस्तैमा चेन्नेईका कप्तान धोनीले टिमका सबै फर्किएपछि मात्र अन्तिममा आफुले बोर्डिङ गर्ने बताए ।

धोनीले आफ्ना टिमका सहकर्मीसँग भर्चुअलको माध्यमबाट कुरा गर्दै उनले विदेशी खेलाडी र सपार्ट स्टाफलाई स्वदेश फर्काउनका लागि पहिलो प्राथमिकता दिनुपर्ने बताए । त्यसपछि अरुलाई सहज रुपमा घर पठाउने काम गर्नुपर्ने बताए ।

हालपनि टिम बसेको होटेलमा नै रहेका धोनीले शुक्रबार मात्र राँचीका लागि फ्लाइट लिने भएका छन । चेन्नेईका सबै विदेशी र स्वदेशी खेलाडी भोलीसम्म आफ्नो स्थानमा पुग्ने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey