गाैतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा काेरीयाबाट साँढे ४ लाख सहयाेग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 634 पटक हेरिएको

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ।

काेरीयामा रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई दिएकाे छ ।

उक्त रकम कोरियामा रहेका एक सय ७ जना नेपालीको सहभागितामा जम्मा भएको थियो। रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ।

याे अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने बताइएकाे छ । चितवनमा निर्माणाधिन क्रिकेट र‌ङ्गशालाका लागि बजेट अभाव हुँदा केहि समस्या भएकाे छ । यसका लागि बिभिन्न निकाय र स‌ङ्घ सस्थाबाट सहयाेगकाे क्रम जारी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey