Mega Bank

न्यूजिल्याण्डका बलर बाेल्टले इंग्ल्याण्डसँग टेष्ट सिरिज गुमाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 89 पटक हेरिएको

इन्डिन प्रिमियर लिग स्थगित भएपछि यतिबेला यो प्रतियोगिता खेल्न आएका सबै विदेशी खेलाडी धमाधम स्वदेश फर्किदैछन । यस्तैमा बुधबार इंग्ल्याण्डका ८ जना खेलाडी स्वदेश फर्किएका थिए भने न्यूजिल्याण्डमा ट्रेन्ट बोल्टपनि स्वदेश पुगेका छन । उनी विहिबार विहानै स्वदेश पुगेका हुन । तर उनले इंग्ल्याण्डविरुद्धको दुई टेष्टको सिरिज गुमाउने भएका छन ।

बोल्ट स्वदेश फर्किएपनि १४ दिनको अनिवार्य क्वारेन्टिनको समय विताउनुपर्नेछ । जसका कारण उनले दुई टेष्टको सिरिज गुमाउने भएका हुन । तर उनी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलका लागि भने उपलब्ध हुनेछन । उनी क्वारेन्टिनको समय विताएपछि केहि टाइम परिवारसँग रहनेछन ।

न्यूजिल्याण्ड क्रिकेट टिमले बोल्ट दोसो टेष्टको अन्तिममा मात्र इंग्ल्याण्डमा टिमसँग सहभागि हुने भएकाले सिरिज गुमाउने तर टेष्ट च्याम्पियनसिपको फाइनलका लागि भने तयार हुने बताएको छ ।

इंग्ल्याण्ड र न्यूजिल्याण्डविचको पहिलो टेष्ट जुन दुई तारिखबाट सुरु हुनेछ । जुन लर्डसमा खेलिनेछ ।

यता न्यूजिल्याण्डमा अरु खेलाडी केन विलियम्सन, केली जिमिसोन, मिचेल सान्तानेर भने मे ११ तारिखमा बेलायत जानेछन । उनीहरु त्यहाँ गएर आइसोलेसनमा बस्नेछन । त्यसपछि दुई पटकको परिक्षण नेगेटिभ आएपछि टिमसँग सहभागि हुनेछन । न्यूजिल्याण्ड टिम मे १६ या १७ मा इंग्ल्याण्डका लागि जानेछ ।

भर्खरै

Advertisement