Mega Bank

प्लेअफकाे लक्ष्यमा बिराटनगर र काठमाडौं, ललितपुरलाई गर या मरकाे अवस्था

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 219 पटक हेरिएको

नेपाल सुपर लिगमा आज दुई खेल हुनेछन । जसमा पहिलो खेल ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी विच हुनेछ । यो खेल दशरथ रंगशालामा दिउसो साँढे दुई बजेबाट सुरु हुनेछ । आजको खेल ललितपुरका लागि गर या मरको अवस्थामा रहेको छ । यदि आजको खेलमा उसले बराबरी वा हार ब्यहोरेको खण्डमा प्लेअफमा पुग्ने संभावना समाप्त हुनेछ । लिगमा मात्र तीन अंक जोडेको ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईलाई हटाइएपछि राजु तामाङले यो खेलमा प्रशिक्षकको भूमीका निभाउनेछन ।

लिगमा एक जितपनि निकाल्न नसकेको ललितपुरले तीन खेल बराबरी खेल्दा एक खेल हारेको छ । यता राम्रो लयमा नरहेको ललितपुर विरुद्ध जित निकाल्दै बुटवल लुम्बिनी प्लेअफमा स्थान बनाउने लक्ष्यमा छ । आजको खेलमा विजयी भएको खण्डमा बुटवल लुम्बिनीले अंक तालिकामा पाँच खेलमा आठ अंक बनाउनेछ ।

त्यसमा पोखरा थन्डर्सले धनगढीसँग हारेपछि बुटवल लुम्बिनीको प्लेअफको संभावना बलियो भएको हो । तर यो खेलमा पराजित भएमा भने उसले अन्तिम खेल जित्नुका साथै अरु टिमको नतिजामा पनि भरपर्नुपर्ने हुन्छ । लुम्बिनीको चार खेलमा पाँच अकं रहेको छ ।

आजै हुने दोस्रो खेलमा काठमाडौं रेजर्स र बिराटनगर सिटी एफसीविच प्रतिस्पर्धा हुनेछ । यो खेल दुई पावरफुल टिमको भिडन्त रहेको छ । यो खेलको विजेताले सोझै शिर्ष चारमा स्थान बनाउने छ । पराजित हुनेले अन्तिम खेल जित्नेपर्ने दबाव हुनेछ । दुबै टिमको समान सात सात अंक छ ।

भर्खरै

Advertisement