Mega Bank

कोरोना हुनेलाई चाेटग्रस्त देखाएर आइपीएल जारी राख्ने बीसीसीआईको असफल प्रयास

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 89 पटक हेरिएको

केहि खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफलाई कोराना संक्रमण भएपछि यो सिजनको इन्डियन प्रिमियर लिग अनिश्चित समयका लागि स्थगित भएको छ । खेलाडीमा कोरोनाको संक्रमण बढेपछि केहि टिमले खेल्न नै अस्विकार गरेका थिए, जसका कारण विचमा दुई खेल स्थगित पनि भए ।

तर भारतीय पत्रिका दैनिक भास्करले नयाँ आन्तरीक कुरालाई सार्वजनिक गरेको छ । भारतीय क्रिकेट बोर्डका केहि पदाधिकारी जो जो खेलाडी संक्रमित देखिए त्यसलाई लुकाउने प्रयासमा लागेको र प्रतियोगिता सम्पन्न गर्न खोजेको बताएको छ ।

आइपीएलमा तीन मे मा अहमदावादमा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर र कोलकाताको खेल हुने तालिका थियो । सो खेलको एक दिन अगाडी कोलकाताका बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पोजेटिभ देखियो । तर बीसीसीआईक केहि उच्च पदाधिकारी कोरोना देखिनेलाई आइसोलेसनमा राखेर बाहिर खेलाडीलाई चोट लागेको भन्दै खेल खेलाउने प्रयासमा थिए । यो कुरा बैंग्लोरको टिमसम्म पुगेपछि अवस्था परिवर्तन भयो । बैंग्लोरको टिमले खेलाडीको सुरक्षालाई ध्यानमा राखेर यो खेल खेल्न नै अस्विकार गरे । त्यसपछि मात्र बीसीसीआई र आइपीएलको गभर्निङ काउन्सिलको बैठकले खेल स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यसपछि चार मे मा दिल्लीमा मुम्बई र हैदरावादको खेलको तालिका थियो । यो खेल भन्दा अगाडी हैदरावादका रिद्धमान शाहलाई पनि पोजेटिभ देखियो । यस्तै चेन्नेई सुपर किंग्सका बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजी र अरु दुई स्टाफमा पनि कोरोना पोजेटिभ आयो । पछिल्लो पटक ब्याटिङ प्रशिक्षक माइक हस्सीलाई पनि पोजेटिभ भएको छ । यो खेलपछि अन्तिम समयमा टिमको दबावले स्थगित भएको थियो ।

फ्रेन्चाइजी टिमसँगको बैठकमा आइपीएल जारी राख्ने प्रयास

केहि खेलाडी र स्टाफमा कोरोना पोजेटिभ देखिएपछि बीसीसीआई र आइपीएलका फ्रेन्चाइजी टिमको आपतकालिन बैठक भएको थियो । सो बैठकमा प्रायः बीसीसीआईका पदाधिकारीले लिगलाई जारी राख्नुपर्ने दबाव दिएका थिए ।

तर बैंग्लोरको ब्यवस्थापक र मुम्बई इन्डियन्सका सहमालिक आकाश अम्बानी तथा दिल्लीका पार्थ जिंदलले तत्काल यो प्रतियोगिता स्थगित गर्नुपर्ने पक्षमा अडान लिएका थिए । प्रतियोगिता जारी राखेमा आफ्नो टिम सहभागि नहुने र यसको परिणाम अर्को सिजनमा पनि पर्ने बताएपछि केहि सिप नलागेर प्रतियोगिता स्थगित गर्ने निर्णय बीसीसीआईले गरेको थियो ।

आइपीएल भइरहेका बेला विभिन्न खेलाडीलाई केहि दिन अगाडी देखि नै कोरोनाको लक्षण देखिएको थियो । दिल्ली क्यापिटल्र्सका अमित मिश्रा र हैदरावादका रिद्धमान शाहलाई कोरोना पोजेटिभ भएको खबर मंगलबार सार्वजनिक भयो । तर उनीहरुमा पाँच दिन अगाडी देखि नै लक्षण रहेको र त्यसलाई बेवास्ता गरेको बताइएको छ । जसका कारण रिद्धमान शाहर्ला राजस्थानको खेलमा टिममा राखिएको थिए ।
अब यो लिग कहिले हुन्छ एकिन छैन ।

भर्खरै

Advertisement