धनगढी नेपाल सुपर लिगको प्लेअफमा पुग्ने पहिलो टिम, पाेखरा १-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 506 पटक हेरिएको

धनगढी फुटबल क्लव नेपाल सुपर लिगको प्लेअफमा पुगेमा छ । लिगको पाँचौं चरणको खेलमा पोखरा थन्डर्सलाई एक शुन्यले हराउँदै अन्तिम खेल अगाडी नै धनगढीले शिर्ष चारको स्थान सुरक्षित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा धनगढीको जितमा दर्शक गुरुङको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको २२ औं मिनेटमा विशाल राईको फ्रिकिकमा डिबक्स भित्र ओलाओले अफिजको प्रहार पोष्टमाथिबाट बाहिरिीयो । त्यसपछि पाएको कर्नरमा विशाल राईले प्रहार गरेको बललाई पोखराका गोलकिपरले दिप कार्कीले बचाए ।

२४ औं मिनेटमा पोखराका आयुष घलानको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । २६ औं मिनेटमा पोखराले निकै उत्कृष्ट मौका गुमायो । उसका विदेशी खेलाडी मौसाले एकल अवस्थामा पाएको बललाई गोलको दिशा दिन सकेनन् । उनको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले बचाए । त्यसपछि रवि पासवानको प्रहार बाहिरीयो ।

३३ औं मिनेटमा धनगढीका मुख्य स्ट्राइकर चोटका कारण मैदानबा बाहिरीएपछि धनगढीको खेल पहिलो हाफमा केहि खस्किएको थियो । उनलाई ह्यामस्ट्रिको चोट लागेको थियो ।

४० औं मिनेटमा पोखराले निकै राम्रो अवसर पायो । मौसाको फ्रिकिकमा नवयुग श्रेष्ठले दुई पटक डिबक्स प्रहार गरेको बललाई गोलकिपर किरण चेम्जोङले बचाए ।

४४ औं मिनेटमा पोखरा थन्डर्सका आयुष घलानले राम्रो मौका पाएपछि त्यसलाई आत्मसाथ गर्न सकेनन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफका सुरुवातमा नै पोखराले दुई वटा मौका गुमायो । खेलको ४६ औं मिनेटमा मौसाको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

त्यसको दुई मिनेटपछि फेरी उसले पाएको अर्को मौकामा उसका फरवार्ड सफल भएनन् ।

६७ औं मिनेटमा धनगढीका दर्शक गुरुङले गोलको राम्रो मौका गुमायो । तर त्यसको केहि सेकेण्डमा ओलाओलेको स्थानमा मैदान प्रवेश गरेका दर्शक गुरुङले नै धनगढीलाई अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट गरेको प्रहारलाई पोखराका गोलकिपरले ठम्याउन पाएनन् ।

एक गोलले पछि परेको अवस्थामा पोखराका अनिल गुरुङको हेडर प्रयासले सहि दिशा लिन सकेनन् । त्यसपछि ७४ औं मिनेटमा डिबक्समा धनगढीका सौजन राईको खुट्टाबाट बल खोसेर अनिलले प्रहार गरेको बलपनि ब्लक भएर बाहिरीयो ।

खेलको इन्जुरी दोस्रो मिनेटमा किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दा पोखरा गोल गर्नबाट चुक्यो ।

त्यसपछि पोखरा खेलमा फर्कन प्रयास गरेपनि सफल भएन र धनगढीले अन्तिम खेल खेल्न अगाडी नै शिर्ष चारको स्थान पक्का गर्यो । यो हारले पोखरालाई प्लेअफमा पुग्न ठूलो धक्का लागेको छ । अब उसले अन्तिम खेलमा जित निकाल्नुका साथै अरु टिमको नतिजाको पनि भर पर्नुपर्ने हुन्छ । धनगढीले पाँच खेलमा १० अंक बनाउँदै शिर्ष स्थानमा पनि फर्किएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey