Mega Bank

अष्ट्रेलियन खेलाडी र प्रशिक्षकलाई माल्दिभ्स वा श्रीलंकाबाट विमान चार्टड स्वदेश पठाइने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 205 पटक हेरिएको

इन्डियन प्रिमियर लिग स्थगित भएपछि अष्ट्रेलियन खेलाडी, प्रशिक्षक र कमेन्टेटरलाई भारतीय क्रिकेट बोर्डले प्लेन चार्टड गरेर स्वदेश पठाउने भएको छ ।

भारतबाट सोझै अष्ट्रेलिया जाने विमान बन्द भएकाले अष्ट्रेलियन खेलाडी र प्रशिक्षकलाई बीसीसीआईले माल्दिभ्स वा श्रीलंका हुँदै स्वदेश फर्काउने भएको छ । भारतमा कोरोनाको दोस्रो लहर निकै भयाभव अवस्था रहेकाले अष्ट्रेलियन सरकारले सो देशबाट आउने जो कोहिलाई प्रतिबन्ध गरेको छ ।

यस्तैमा आइपीएलमा सहभागि सबै अष्ट्रेलियनलाई सुरक्षित स्वदेश पठाउनका लागि बीसीसीआईले दुई वटा विकल्प राखेको छ । जसमा उनीहरुलाई कि त माल्दिभ्स वा श्रीलंकाबाट विमान चार्टड गरेर पठाउने भएको छ ।

खेलाडीले विकल्प नहुँदासम्म भारतमा नै बस्नुपर्ने भएको छ । मंगलबार अष्ट्रेलियन खेलाडी माल्दिभ्स गएर त्यहिबाट स्वदेश जाने बताइएको थियो । तर अर्को विकल्पका रुपमा श्रीलंकापनि देखिएको छ । यसका लागि बीसीसीआईले सक्दो प्रयास गरिरहेको बताइएको छ ।

भर्खरै

Advertisement