दर्शन गुरूङकाे उत्कृष्ट गाेलमा धनगढी पाेखराविरूद्ध १-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 331 पटक हेरिएको

नेपाल सुपर लिगमा पोखरा थन्डर्सविचको खेलको धनगढी एफसीले एक शुन्यको अग्रता बनाएको छ । दशरथ रंगशालामा पहिलो हाफमा दुबै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेले ।

खेलको २२ औं मिनेटमा विशाल राईको फ्रिकिकमा डिबक्स भित्र ओलाओले अफिजको प्रहार पोष्टमाथिबाट बाहिरिीयो । त्यसपछि पाएको कर्नरमा विशाल राईले प्रहार गरेको बललाई पोखराका गोलकिपरले दिप कार्कीले बचाए ।

२४ औं मिनेटमा पोखराका आयुष घलानको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । २६ औं मिनेटमा पोखराले निकै उत्कृष्ट मौका गुमायो । उसका विदेशी खेलाडी मौसाले एकल अवस्थामा पाएको बललाई गोलको दिशा दिन सकेनन् । उनको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले बचाए । त्यसपछि रवि पासवानको प्रहार बाहिरीयो ।

४० औं मिनेटमा पोखराले निकै राम्रो अवसर पायो । मौसाको फ्रिकिकमा नवयुग श्रेष्ठले दुई पटक डिबक्स प्रहार गरेको बललाई गोलकिपर किरण चेम्जोङले बचाए ।

४४ औं मिनेटमा पोखरा थन्डर्सका आयुष घलानले राम्रो मौका पाएपछि त्यसलाई आत्मसाथ गर्न सकेनन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफका सुरुवातमा नै पोखराले दुई वटा मौका गुमायो । खेलको ४६ औं मिनेटमा मौसाको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

त्यसको दुई मिनेटपछि फेरी उसले पाएको अर्को मौकामा उसका फरवार्ड सफल भएनन् ।

६७ औं मिनेटमा धनगढीका दर्शक गुरुङले गोलको राम्रो मौका गुमायो । उसका दर्शक गुरुङले मौका गुमाए । तर त्यसको केहि सेकेण्डमा दर्शक गुरुङले नै धनगढीलाई अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट गरेको प्रहारलाई पोखराका गोलकिपरले ठम्याउन पाएनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey