धनगढी र पाेखरा पहिलाे हाफमा गाेलरहित बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 567 पटक हेरिएको

नेपाल सुपर लिगमा धनगढी एफसी र पोखरा थन्डर्सविचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा दुबै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेले ।

खेलको २२ औं मिनेटमा विशाल राईको फ्रिकिकमा डिबक्स भित्र ओलाओले अफिजको प्रहार पोष्टमाथिबाट बाहिरिीयो । त्यसपछि पाएको कर्नरमा विशाल राईले प्रहार गरेको बललाई पोखराका गोलकिपरले दिप कार्कीले बचाए ।

२४ औं मिनेटमा पोखराका आयुष घलानको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । २६ औं मिनेटमा पोखराले निकै उत्कृष्ट मौका गुमायो । उसका विदेशी खेलाडी मौसाले एकल अवस्थामा पाएको बललाई गोलको दिशा दिन सकेनन् । उनको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले बचाए । त्यसपछि रवि पासवानको प्रहार बाहिरीयो ।

४० औं मिनेटमा पोखराले निकै राम्रो अवसर पायो । मौसाको फ्रिकिकमा नवयुग श्रेष्ठले दुई पटक डिबक्स प्रहार गरेको बललाई गोलकिपर किरण चेम्जोङले बचाए ।

४४ औं मिनेटमा पोखरा थन्डर्सका आयुष घलानले राम्रो मौका पाएपछि त्यसलाई आत्मसाथ गर्न सकेनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey