Mega Bank

आइपीएलमा रहेका ८ बेलायती खेलाडी स्वदेश फर्किए

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 79 पटक हेरिएको

कोरोनाका कारण इन्डियन प्रिमियर लिग स्थगित भएपछि यो प्रतियोगितामा सहभागि विदेशी खेलाडीलाई सुरक्षित स्वदेश फर्काउने जिम्मा भारतीय क्रिकेट बोर्डको काँधमा रहेको छ । यस्तैमा ११ मध्ये आठ बेलायती खेलाडी स्वदेश पुगेका छन ।

इंग्ल्याण्ड क्रिकेट बोर्डका अनुसार आठ खेलाडी बेलायत सुरक्षित रुपमा पुगेको र उनीहरु नियमित फ्लाइटबाट स्वदेश फर्किएको जनाएको छ ।

उनीहरु बुधबार विहान हेथ्रो बिमानस्थलमा ल्याण्ड भएको र अब बेलायती सरकारको नियम अनुसार होटेल क्वारेन्टिनमा बसेको बताइएको छ ।

यस्तै बाँकी तीन खेलाडी क्रिस जोर्डन, डेविड मालान र इयोन मोर्गनले ४८ घण्टामा भारत छोड्नुपर्ने इंग्ल्याण्ड क्रिकेट बोर्डका प्रवक्ताले बताएका छन ।

आइपीएल स्थगित भएपनि स्वदेश फर्किने खेलाडीमा मोयन अली, साम कुरान, टोम कुरान, क्रिस ओक्स, साम बिलिङ, जेसोन रोय, जोनी ब्रेस्टो, जोस बटलर रहेका छन ।

भर्खरै

Advertisement