आइपीएललाई सेप्टेम्बरमा गर्ने बीसीसीआईको आन्तरीक योजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 431 पटक हेरिएको

कोरोना भाइरसका कारण अनिश्चित समयका लागि स्थगित भएको इन्डियन प्रिमियर लिगलाई फेरी सुरु गर्नका लागि भारतीय क्रिकेट बोर्डलाई अहिले टाउको दुखाई बनेको छ ।

प्रतियोगिता यो बर्ष सम्पन्न नगरेको खण्डमा बीसीसीआईलाई ३२ सय करोड रुपैयाँ नोक्सान हुनेछ । त्यसैले पनि भारतीय क्रिकेट बोर्ड आइपीएललाई कसरी हुन्छ सम्पन्न गर्ने योजनामा छ ।

अहिले बीसीसीआई आइपीएललाई कुन विन्डोमा गर्न सकिन्छ भनेर आइसीसीको अध्ययनमा लागेको छ । यस्तैमा बीसीसीआईले आगामी सेप्टेम्बरमा यो प्रतियोगिता गर्न सक्ने संभावना रहेको छ । त्यो बेला भारत र इंग्ल्याण्डका सिरिजको तालिका रहेको छ ।

त्यहि बेला टी २० विश्वकपका लागि पनि विदेशी खेलाडी तयारीमा हुन्छन, छोटो समयको विन्डोमा नै आइपीएल सक्ने योजना बीसीसीआईको रहेको छ ।

सेप्टेम्बरमा आइपीएल सकेको खण्डमा अक्टोबर १८ बाट हुने टी २० विश्वकपका लागि खेलाडीको राम्रो अभ्यास पनि हुने विश्वास बीसीसीआईको छ । आइपीएल स्थगित हुनुभन्दा अगाडी २९ खेल भएका छन । जसमा कुल ६० खेल हुनुपर्नेमा ३१ खेल बाँकी रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey