आइपीएलमा नक्कली पास लिएर प्रवेश गर्न खाेज्ने २ सट्टेवाज पुलिस हिरासतमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 321 पटक हेरिएको

कोरोनाका कारण भारतमा स्थगित भएको इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद विचको खेलमा नक्कली प्रवेश पास बनाएर मैदान प्रवेश गर्न खोज्ने दुई जना बुकीलाई पुलिसले गिरफ्तार गरेको छ ।

दिल्लीमा भएको खेलमा दुबै जनाले नक्कली प्रवेश पास बनाएर रंगशालामा प्रवेश गर्न खोजेका बेला पुलिसले पक्रेको थियो ।

पछि उनीहरुलाई सोधपुछ गर्दा बुकी रहेको र रंगशालामा बसेर सट्टावाज गर्न खोजेको पुलिसले बताएको छ । उनीहरुलाई पाँच दिनको रिमान्डमा पुलिस हिरासतमा राखिएको छ ।

अब दुबै जनामाथि थप कारवाही हुने र जरिवानासहित जेल सजाय हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey