Mega Bank

पाकिस्तानमा महिला र पुरुष क्रिकेटरका लागि पारिवारीक याेजनाकाे नयाँ नियम

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 233 पटक हेरिएको

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना महिला तथा पुरुष क्रिकेट खेलाडीलाई पारिवारीक सहयोग पोलिसी ल्याएको छ । जसमा महिला खेलाडीलाई गर्भवती भएको समय देखि बच्चा हुँदासम्मको समयमा तलव दिएर विदा दिने भएको छ । यस्तै पुरुष खेलाडीले आफु पिता भएको खण्डमा ३० दिनसम्म विदा पाउने नयाँ पोलिसी बनाएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई पारीवारिक रुपमा पनि दबाव नहोस भनेर यस्तो नयाँ योजना ल्याएको बताएको छ । यो योजनाबाट खेलाडी प्रत्यक्ष रुपमा फाइदामा हुनेछन ।

अहिलेसम्म भारतीय क्रिकेट बोर्डले समेत यस्तो योजना ल्याउन सकेको छैन । पीसीबीले महिला खेलाडीलाई एक बर्षसम्म पेड लिभ दिने र पुरुषलाई एक महिनासम्मको दिने बताएको छ ।

अहिलेको खेलाडीसँगको सम्झौतामा यो पोलिसीलाई समावेश गरिएको छैन । तर दुई महिनाभित्रमा यो पोलिसीलाई राखेर खेलाडीसँग नयाँ सम्झौता गरिने बताएकोछ ।

पाकिस्तानमा कुनैपनि महिला क्रिकेटरले बच्चा पाइसकेपछि क्रिकेट छोड्ने गरेका छन । जसमा बाटोल फातिमा विवाहपछि प्रशिक्षक बनिन भने नेयन अबीदीले सन् २०१७ मा विवाह गरेपछिपनि खेलिरहेकी छिन । यस्तै अस्माभी इक्वालले विवाहपछि खेलाडी जीवनबाट सन्यास लिएर छनोट प्यानलमा छिन ।

अब नयाँ पोलिसी आएपछि महिला खेलाडीलाई विवाह र बच्चापछि पनि खेलमा फर्किने संभावना बढाउने आशा गरिएको छ ।

भर्खरै

Advertisement