प्लेअफकाे यात्रा पक्का गर्ने याेजनामा धनगढी, पाेखरालाई जित्नै पर्ने दबाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 485 पटक हेरिएको

नेपाल सुपर लिगमा आज धनगढी एफसी र पोखरा थन्डर्सविच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ साँढे पाँच बजेबाट सुरु हनेछ । लिगको दोस्रो स्थानमा रहेको धनगढीले आजको खेलमा जित निकालेको खण्डमा फेरी शिर्ष स्थानमा फर्किनुका साथै प्लेअफको यात्रा लगभग पक्का गर्नेछ । तर यदि पराजित भएको खण्डमा उसले अन्तिम खेलमा जित्नैपर्ने दबाव हुनेछ ।

अंक तालिकामा शिर्ष चार पुग्ने संभावनाको बाटोमा सबै क्लव होडमा छन । तर त्यसका लागि उनीहरुको खेलले भर पार्नेछ । आज यदि पोखरा थन्डर्स विजयी भएको खण्डमा अंक तालिमा शिर्ष चारका लागि रोमाञ्चकता थपिनेछ । तर यदि हारेको खण्डमा उसले लिगको अन्तिम खेलको नजिता र अरुको टिमको नतिजामा भर पर्नुपर्नेछ ।

यो सिजनमा पेपरमा भन्दा मैदानमा बलियो देखिएको धनगढी टिमले चार खेलमा दुई जित, एक बराबरी र एक हार ब्यहोरेको छ । यता पोखराले चार खेलमा एक जित दुई बराबरी र एक हार ब्यहोरेको छ ।

धनगढीका लागि आजपनि विदेशी खेलाडी ओलाओलेको प्रदर्शनमा सबैको नजर हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey