पेनाल्टी गुमाउदा बुटवल लुम्बिनी काठमाडाैं विरूद्ध पहिलाे हाफमा १-० ले पछाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 472 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसी विच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफ सकिँदा काठमाडौं रेजर्सले एक शुन्यको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले सुरुवात देखि नै आक्रामक फुटबल खेल्यो । जसका कारण उसले खेलको पाँचौ मिनेटमा अग्रता बनायो । उसका विदेशी खेलाडी स्टेफेन विलाङले गोलकिपर विशाल श्रेष्ठ अगाडी बढेको अवसरको फाइदा उठाउँदै गोल गरे ।

सातौं मिनेटमा बुटवल लुम्बिनी एफसीले पेनाल्टीको अवसर पायो । तर विलियमको प्रहारलाई काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।
खेलको १३ औं मिनेटमा स्टेफेनको डिबक्स बाहिरबाट गरेको शसक्त प्रहार बुटवल लुम्बिनी एफसीका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

१९ औं मिनेटमा कर्नरबाट आएको बलमा छिरीङको प्रहारलाई विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । २६ औं मिनेटमा बुटवल लुम्बिनीले खेल बराबरी गर्ने मौका गुमायो । उसका तीन खेलाडीले डिबक्समा पाएको बललाई गोलमा परिणत गर्न सकेनन् ।

२८ औं मिनेटमा बुटवल लुम्बिनीका सुमन लामाले डिबक्स भित्रबाट गरेको प्रहार पनि फ्रेममा रहन सकेन । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा सुदील राईको पासमा आशिष राईको उत्कृष्ट प्रहार क्रसबारमा लागेर फर्किदा काठमाडौं रेजर्सले अन्तर दुई शुन्यमा पुर्याउने मौका खेर फाल्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey