स्वदेश फर्कन नपाउने भएपछि आइपीएलमा रहेका अष्ट्रेलियन खेलाडी माल्दिभ्स जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 396 पटक हेरिएको

अष्ट्रेलियन सरकारले भारतबाट आउने जो कोहीलाई पनि प्रतिबन्ध लगाएपछि हाल आइपीएलका लागि भारतमा रहेका क्रिकेट खेलाडी माल्दिभ्स जाने भएका छन ।

कोरोनाका कारण आइपीएल अनिश्चित समयकालागि स्थगित भएपछि अष्ट्रेलियन खेलाडीलाई स्वदेश फर्किन कठिन भएको छ । जसका कारण उनीहरु अष्ट्रेलियाको बोर्डर नखुल्दासम्म माल्दिभ्समा बस्ने बताइएको छ ।

आइपीएलमा ४० जना अष्ट्रेलियन सहभागि थिए । जसमा प्याट कमिन्स, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, रिकी पोन्टिङ, सिमोन काटिच लगायतका सबै खेलाडी, कमेन्टेटरको टिम माल्दिभ्स उड्नेछ । अष्ट्रेलियन सरकारले मे १५ तारिखसम्म बोर्डर बन्द गरेको छ ।

यस्तै बेलायतमा ब्यवसायीक क्रिकेट खेल्न जाने डान क्रिस्टियन भने स्वदेश फर्कन नपाउने भएपछि दुबईमा बस्ने भएका छन ।

आइपीएलमा अष्ट्रेलियन खेलाडी सात टिममा रहेका छन ।

आइपीएलमा कुन टिममा कुन अष्ट्रेलियन

चेन्नेई सुपर किंग्स

जेसोन बेहरेड्रोफ, माइकल हस्सी

दिल्ली क्यापिटल्र्स

स्टिभ स्मिथ, मार्कुस स्टोनीस, रिकी पोन्टिङ, जेम्स होप्स

कोलकाता नाइट राइडर्स

प्याट कुमिन्स, बेन कटिङ, डेविड हस्सी

मुम्बई इन्डियन्स

नाथन नील, क्रिस लियोन

पञ्जाव किंग्स

मोइसेस हेनरिक्स, जेइ रिचार्डसन, रिले मेरेडेथ, डामिन राइट

बैंग्लोर

ग्लेन म्याक्सवेल, डानीयल क्रिस्टियन, डानीयल साम्स, सिमोन काटिच, एडम ग्रिफिथ

हैदरावाद

डेविड वार्नर, टोम मुडी, ट्रेभेर बेलिस, ब्राड हाडिन

आइपीएल खेल्नका लागि आएका विभिन्न देशका खेलाडीलाई स्वदेश फर्किनका लागि केहि कठिन हुनेछ । किनकी विभिन्न देशले आफ्नै नियम बनाएका छन । बेलायत सरकारले भारतबाट हवाई यातायात बन्द गरेको छ ।

भारतबाट अरु देश हुँदै आउनेलाई १० दिनको अनिवार्य क्वारेन्टिन र दुई पटक परिक्षण गर्नुपर्ने नियम बनाएको छ भने न्यूजिल्याण्डले स्वदेश आउन पाउने तर १४ दिनको क्वारेन्टिन बस्नुपर्ने भनेको छ ।

दक्षिण अफ्रिकाले कुनै रोकतोक लगाएको छैन भने बंगलादेशले हवाई यातायात बन्द गर्नुका साथै आउनेलाई १४ दिनको क्वारेन्टिन बस्नुपर्ने भनेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal