पाकिस्तान सुपर लिग यूएईमा सार्न टिमहरूकाे माग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 488 पटक हेरिएको

पाकिस्तान सुपर लिगमा सहभागि ६ वटै फ्रेन्चाइजी टिमले प्रतियोगिता कराँची बाट यूएईमा सार्न आग्रह गरेका छन । कोरोनाका कारण केहि महिनाका लागि स्थगित भएको पीएसएल मे २३ बाट फेरी सुरु हुँदेछ ।

तर प्रतियोगितामा सहभागि सबै टिमले यो प्रतियोगिता पाकिस्तानबाट सारेर यूएईमा गर्नुपर्ने बताएका छन । पछिल्लो पटक पाकिस्तानमा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएकाले टिमहरु केहि चिन्तित बनेका छन ।

उनीहरुले संयुक्त रुपमा पाकिस्तान सुपर लिगलाई पत्र लेख्दै प्रतियोगिता यूएईमा सार्नुपर्ने बताएका छन । बोर्डले यो विषयमा कुनै निर्णय भने गरेको छैन । २३ मे बाट सुरु हुँदा प्रतियोगितामा सहभागि सबैलाई सात दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ । प्रतियोगिताका खेलहरु भने जुन दुईबाट सुरु हुने तालिका छ ।

पीएसएलमा बाँकी रहेका १६ वटा लिग चरणका खेल जुन १४ सम्म हुने तालिका छ भने जुन १६ र १८ मा प्लेअफ र २० जुनमा फाइनल गर्ने तालिका छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal