द हन्ड्रेड क्रिकेट खेल्न भारतबाट चार महिला क्रिकेटर जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 600 पटक हेरिएको

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले द हन्ड्रेड खेल्न जाने चार जना भारतीय महिला क्रिकेटरलाई नो अब्जेक्सन सर्टिफिकेट्स दिएको छ ।

पहिलो सिजनको द हन्ड्रेडका लागि भारतबाट चार खेलाडी सहभागि हुँदैछन । जुलाई २१ तारिखबाट सुरु हुने प्रतियोगिताका लागि बीसीसीआईले एनओसी लेटर इंग्ल्याण्ड क्रिकेट बोर्डलाई दिइसकेको छ ।

यी चार खेलाडीले द हन्ड्रेड सकेपछि इंग्ल्याण्डसँगको सिरिजपनि खेल्नेछन । द हन्ड्रेडका लागि भारतबाट हरप्रित कौर, स्मृती मन्दाना, जेमिमा रोद्रिगुइज र दिप्ती शर्मा खेल्नेछिन ।

प्रतियोगिताका लागि विभिन्न टिमले विदेशी खेलाडी अनुबन्धका काम अन्तिम चरणमा पुर्याएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey