Mega Bank

आइपीएल यो बर्ष हुन नसकेमा ३२ सय करोड रुपैयाँ घाटा लाग्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 81 पटक हेरिएको

यो सिजनको आइपीएल अनिश्चित समयका लागि स्थगित भएको छ । यदि भारतमा कोरोनाका अवस्था नसुध्रिएको खण्डमा र आइपीएल यो बर्ष हुन नसकेको खण्डमा बीसीसीआईलाई दुई हजार करोड भारतीय रुपैयाँ अर्थात ३२ सय करोड नेपाली रुपैयाँ नोक्सानी हुनेछ ।

यसका साथै यो बर्ष भारतमा हुने टी-२० विश्वकप नहुने पनि खतरा बढ्नेछ । केहि दिन अगाडी पनि यो बर्षको टी २० विश्वकप भारतबाट यूएईमा सार्नुपर्ने माग बढिसकेको छ । यदि भारतमा टी-२० विश्वकप पनि हुन सकेन भने बीसीसीआईलाई आर्थिक रुपमा अर्बो रुपैयाँ नोक्सान हुने आंकलन गरिएको छ ।

आइपीएलका गभर्निङ काउन्सिलले अघिल्लो सिजनमा जस्तै आइपीएललाई यूएईमा गर्ने योजना बनाएको थियो । तर बीसीसीआई घरेलु मैदानमा नै आइपीएल गर्ने निर्णय गरेको थियो । यसको मुख्य कारण बीसीसीआई टी-२० विश्वकप भारतमा गर्नसक्छ भन्ने देखाउनु थियो ।

तर यो बर्ष यदि आइपीएल हुन सकेन भने बीसीसीआईको त्यो निर्णय आर्थिक रुपमा ठूलो घातक हुन सक्नेछ । टेलिग्राफको रिपोर्टका अनुसार विश्व क्रिकेटको इकोनोमी करिव २३ हजार करोड रुपैयाँ हुने गरेको छ । त्यसको ३३ प्रतिशत अर्थात आठ हजार करोड रुपैयाँ आइपीएलबाट आउछ । यो कारणले पनि बीसीसीआईले आइपीएल भारतमा गरेर सम्पन्न गर्न चाहेको थियो ।

अब आइपीएल यो बर्षका लागि रद्द भएको खण्डमा ३२ सय करोड रुपैयाँ बीसीसीआईलाई नोक्सान हुनेछ भने यदि फेरी आयोजना गरेर सम्पन्न गरेको खण्डमा ४८ सय करोड रुपैयाँ फाइदा हुनेछ । अघिल्लो सिजनमा यूएईमा आयोजना हुँदा आइपीएलबाट बीसीसीआइले चार हजार करोड भारतीय रुपैयाँ नाफा गरेको थियो ।

टी-२० विश्वकप आयोजनामा पनि ट्याक्सको लफडा

आइसीसीले टी २० विश्वकप आयोजनाका लागि बीसीसीआईसँग १० प्रतिशत कर छुट गराउनुपर्ने भनिरहेको छ । तर भारतीय सरकारले यसको निर्णय अझै गरेको छैन । यदि सरकारले १० प्रतिशत छुट दिएको खण्डमा बोर्डले करिव दुई सय २६ करोड भारतीय रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यदि छुट नपाएको खण्डमा विश्वकप गर्नका लागि नौ सय ६ करोड भारतीय रुपैयाँ दिनुपर्नेछ ।

भर्खरै

Advertisement