काेभिडकाे प्रभावः चेन्नेई र राजस्थानविचको खेल स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 980 पटक हेरिएको

बुधबार हुने भनिएको चेन्नेई सुपर किंग्स र राजस्थानविचको खेल कोभिडका कारण स्थगित भएको छ । दिल्लीमा हुने यो खेलको एक दिन अगाडी चेन्नेईको पुरै टिम क्वारेन्टिनमा बस्नुपर्ने भएपछि स्थगित भएको हो ।

चेन्नेईका तीन जना पदाधिकारीमा सोमबार कोरोना देखिएको थियो ।चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको हो ।

उनमा कोभिड देखिएपछि पुरै टिम एक साता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जसका कारण बुधबार हुने खेल स्थगित भएको हो ।

कोभिडका कारण आइपीएलमा खेल स्थगित भएको यो दोस्रो पटक हो । यसअघि सोमबार राति हुने भनिएको बैंग्लोर कोलकाताको खेलपनि खेलाडीमा कोरोना देखिएपछि स्थगित भएको थियो ।

भारतमा पछिल्लो पटक कोभिडले भयाभव अवस्था देखिरहँदा त्यसको असर आइपीएलमा पनि देखिएको छ । यसअघि कोलकातासँग खेलेको दिल्लीको पुरै टिमपनि आइसोलेसनमा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey