क्रिकेट टिमकाे मुख्य प्रशिक्षक स्वदेश फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 561 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर केहि समयका लागि स्वदेश फर्किएका छन । गत जनवरीमा नेपाल आएका ह्वाटमोर नेपालमा लकडाउन भएपछि श्रीलंका फर्किएका छन ।

नेपालमा कोरोनाका कारण लकडाउन भएपछि फुर्सदिला बनेका ह्वाटमोरलाई नेपाल क्रिकेट संघले श्रीलंका जाने ब्यवस्था मिलाएको हो । नेपालमा लकडाउनको समय लम्बिने संभावना रहेको र क्रिकेटका गतिविधी यो समयमा बन्द भएकाले पनि क्यानले उनलाई श्रीलंकाका लागि ब्यवस्था मिलाएको हो ।

श्रीलंकामा पनि बसोबास गर्ने ह्वाटमोरलाई अब नेपाल क्रिकेट संघ क्यानले बोलाएपछि मात्र नेपाल आउनेछन । नेपाल आएको चार महिनापछि ह्वाटमोर स्वदेश फर्किएका हुन । यो विचमा ह्वाटमोरले नेपाली राष्ट्रिय टिमसँग दुई पटक बन्द प्रशिक्षणमा बसेका थिए । तर कोभिडका कारण प्रतियोगिताहरु स्थगित हुँदा प्रशिक्षणपनि स्थगित भएको थियो ।

तर एक साता अगाडी भएको त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा ह्वाटमोरको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा करिव ११ बर्षपछि अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो । सो प्रतियोगितामा ह्वाटमोरको रणनिती अनुसार नै युवा खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

यो प्रतियोगिता सुरु हुने पाँच दिन अगाडीसम्म पनि श्रम स्विकृती हात नपाएका ह्वाटमोरले तलव पनि पाउन सकेका थिएनन् । ह्वाटमोर अहिले सामान्य खर्च बोकेर गएको र तलव हात नपारेको बुझिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey