आइपीएलकाे फाइनलकाे मिती सर्ने सम्भावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 376 पटक हेरिएको

भारतमा जारी इन्डियन प्रिमियर लिग टिमका खेलाडी र पदाधिकारीमा पनि कोरोना देखिन थालेपछि यतिबेला भारतीय क्रिकेट बोर्ड यो प्रतियोगिता सुरक्षित तरिकाले सम्पन्न गर्नका लागि बढि केन्द्रित देखिएको छ । यस्तैमा बीसीसीआईले बाँकी रहेका अधिकांश आइपीएलका खेलहरु मुम्बईमा सार्ने योजना बनाएको छ ।

आइपीएल सुरु हुन भन्दा अगाडी देखि अहिलेसम्म सात जनामा कोरोना पोजेटिभ भइसकेको छ । जसमा चार जना खेलाडी र तीन जना टिमका पदाधिकारी रहेका छन ।

बीसीसीआईले यो साताबाट नै बाँकी रहेका अधिकांश खेलहरु मुम्बईमा सारिने संभावना रहेको बताएको छ । यसको अर्थ कोलकाता र बैंग्लोरमा हुने खेलहरु मुम्बईमा गरिने संभावना रहेको छ । यस्तै प्लेअफका खेलहरु मुम्बईमा नहुने पनि संभावना छ । यी सबै खेलहरु मुम्बईमा नै गर्ने योजना बीसीसीआईको छ । यसका लागि उसले विभिन्न तयारी गरेको छ ।

बीसीसीआईको नयाँ योजना अनुसार मुम्बईका तीन स्टेडियममा खेलहरु गराइने तयारी छ । योजना अनुसार आठ या नौ तारिखबाट आइपीएलका बाँकी खेलहरु मुम्बईमा सिफ्ट हुने बताइएको छ । जसमा वांखडे स्टेडियम बाहेक ब्रेबाँर्न र डीवाई पाटील स्टेडियममा खेल गराइने आन्तरीक तयारी रहेको छ । बांखडे स्टेडियममा यो सिजनमा १० खेल खेलाइसकेको छ ।

यसका साथै आइपीएलको खेल तालिकामा पनि परिवर्तन हुन सक्नेछ । यसअघि ३० मे मा फाइनल हुने भनिएकोमा त्यो सारेर जुनको पहिलो साता गराइने संभावना रहेको छ । आइपीएलको तालिका लम्बिएपछि इंग्ल्याण्डमा हुने वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलपनि तोकेको समयमा नहुने संभावना बढेको छ ।

अहिलेको तालिका अनुसार १८ देखि २२ जुनमा फाइनल हुने भनिएपनि त्यो केहि दिन पछाडी सर्ने संभावना छ । हाल भारतबाट बेलायत जाने सबै उडानहरु स्थगित गरिएका छन । यस्तैमा खेलाडीलाई १५ दिनको अनिवार्य क्वारेन्टिनको समय राखिएको छ । आइपीएलको समय लम्बिएमा सबै पुरा गर्न समय बढि लाग्ने भएकाले टेष्ट च्याम्पियनसिपको फाइनलपनि पछाडी धकेलिने संभावना छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey