एट्लेटिकाेसँगकाे खेल अगाडी बार्सिलाेनाका खेलाडीले गरे मेस्सीकाे घरमा पार्टी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 594 पटक हेरिएको

स्पेनीस ला लिगाको उपाधिको होडमा रहेको बार्सिलोनाका खेलाडी सोमबार राति कप्तान लियोनल मेस्सीको घरमा पार्टीका लागि जम्मा भए । उनीहरु बारबीक्यू पार्टीका लागि मेस्सीको घरमा जम्मा भएका थिए ।

यो सिजनको सुरुवातमा खराव लयमा रहेको बार्सिलोना सिजनको अन्तिममा उपाधिको होडमा रहेको छ । यस्तैमा उपाधिको होडमा रहेको अर्को क्लव एट्लेटिको मड्रिडसँगको खेल अगाडी बार्सिलोनाका सबै खेलाडीलाई मेस्सीले घरमा बोलाएर पार्टी दिएका छन ।

बार्सिलोनाले शनिबार एट्लेटिको मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ । बार्सिलोनाका खेलाडी यसअघि विभिन्न समयमा समुह भएर रेस्टुरेन्टमा डिनरका लागि गएपनि पुरै टिम एक साथ मेस्सीको घरमा नै पार्टीका लागि गएको यो पहिलो पटक हो ।

स्पेनीस सरकारले खुल्ला स्थानमा एक साथ ६ जना बस्ने पाउने नियम भएकाले पनि उनीहरु पार्टीमा सहभागि भएका थिए । पार्टीकै दौरान खेलाडीले च्याम्पियन च्याम्पियन भनेर नारापनि लगाएका थिए ।

मे महिनामा बार्सिलोनाका लागि निकै क्रुसियल समय रहेको छ । उसले शनिबार एट्लेटिकोविरुद्ध राम्रो नजिता हात पारेमा उसलाई उपाधि उचाल्न निकै सजिलो हुनेछ । उसले ला लिगामा चार खेल खेल्न बाँकी रहेको छ । यस्तैमा शनिबार हुने एट्लेटिको मड्रिड विरुद्धको खेलमा राम्रो नतिजा निकालेमा उसलाई उपाधि जित्न मनोबल बढ्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey