च्याम्पियन्स लिग: इतिहास रच्ने लक्ष्यमा सिटी, पीएसजीलाई एम्बाप्पेकाे चाेटकाे चिन्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 233 पटक हेरिएको

यूरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति म्यानचेस्टर सिटी र पीएसजी आमनेसामने हुँदैछन । पहिलो लेगमा दुई एकको जित निकालेको सिटी आजको खेलमा संयमित भएर नयाँ इतिहास बनाउने लक्ष्यमा हुनेछ । यता घरेलु मैदानमा दुई एकले पराजित भएको पीएसजी सिटीको मैदानमा कमब्याक गर्ने चाहनामा भएपनि उसलाई ठूलो दबाव छ ।

इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजेबाट सुरु हुनेछ । आजको खेलमा पीएसजीका मुख्य खेलाडी केलियन एम्बाप्पेको फिटनेस टिमका लागि ठूलो चुनौती रहेको छ । उनी यो खेल खेल्ने नखेल्ने भन्नेमा अझै एकिन भएको छैन । उनको पिडौलाको चोटका कारण घरेलु प्रतियोगितामा लेन्सविरुद्धको खेल गुमाएका थिए ।

पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले उनको फिटनेसलाई प्रशिक्षणमा अवलोकन गरिने र त्यसपछिमात्र निर्णय गरिने बताएका छन । एम्बाप्पेले यो सिजनमा ४३ खेमला ३७ गोल गरेका छन । त्यसमा च्याम्पियन्स लिगमा १० खेलमा आठ गोल गरेका छन । बार्सिलोनाविरुद्ध प्रभावशाली जित निकाल्दा उनले ह्याट्रिक नै गरेका थिए ।

सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले यो खेल नयाँ प्रतिस्पर्धाका रुपमा रहेको र सिटीले इतिहास बनाउने हो भने खेलाडीले संयमित भएर खेल्नुपर्ने बताएका छन । आजको खेलमा यदि सिटी विजयी भएमा वा बराबरीमा मात्र रोकिएको खण्डमा इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नेछ ।

यता एक गोलले पछि रहेको पीएसजीलाई फाइनलमा स्थान बनाउने कम्तिमा पनि दुई गोलको अन्तरमा जित निकाल्नुपर्नेछ । आजको खेल प्रिमियर लिगका पूर्व प्रतिस्पर्धी प्रशिक्षक पोचेटिनो र ग्वार्डियोलाविचको भिडन्तका रुपमा पनि हेरिएको छ । पीएसजीसँग यसअघि खेलको चार भिडन्तमा सिटी अपराजित रहेको छ । उसले घरेलु मैदानमा सन् २०१६ को अप्रिलमा खेल्दा जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey