Mega Bank

शिर्ष स्थानमा फर्किने लक्ष्यमा बुटवल लुम्बिनी, काठमाडौंकाे चाहना स्पष्ट तीन अंक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 77 पटक हेरिएको

शिर्ष स्थानमा उक्लिने लक्ष्यका साथ नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी एफसीले काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जारी लिगको तेस्रो स्थानमा रहेको बुटवल लुम्बिनीले काठमाडौं विरुद्ध उत्रदा स्पष्ट तीन अंकको लक्ष्य हुनेछ । प्रतियोगितामा तीन खेलमा एक जित र दुई बराबरी खेलेको बुटवल लुम्बिनीले आजको खेल जितेमा चार खेलमा आठ अंकका साथ शिर्ष स्थानमा उक्लिने छ भने शिर्ष चारमा पुग्ने संभावना निकै बलियो बनाउने छ ।

बुटवल लुम्बिनी एफसी प्रतियोगिताको अपराजित एक्लो टिम हो । उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई दुई शुन्यले हराउँदै चितवनसँग दुई दुईको बराबरी खेलेको थियो भने विराटनगरसँगपनि दुई दुई गोलको बराबरी खेलेको थियो ।

यता बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौं रेजर्सपनि दोस्रो जितको लक्ष्यमा हुनेछ । उसले अहिलेसम्म तीन खेलमा मात्र एक जित एक बराबरी र एक हार ब्यहोरेको छ । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंका चार अंक रहेको छ । यदि आजको खेलमा उसले जित निकालेको खण्डमा शिर्ष तीनमा उक्लिनेछ ।

यदि बराबरी वा हारेको खण्डमाभने उसलाई शिर्ष चारको यात्रामा धक्का लाग्नेछ । जारी प्रतियोगितामा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको काठमाडौं रेजर्स टिममा खेलाडीको चोटको केहि समस्या देखिएको छ ।

प्रतियोगितामा बुटवल लुम्बिनीकोस तीन खेलमा पाँच अंक छ भने काठमाडौंको समान खेलमा चार अंक छ ।

भर्खरै

Advertisement