वेष्टह्यामको शीर्ष चारभित्र पर्ने सम्भावना कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 557 पटक हेरिएको

वर्नलीमाथि उसैको मैदानमा २–१ गोलको पुनरागमन जित हासिल गरेपछि इंग्लिस प्रिमियर लिगमा वेष्टह्यामले शीर्ष चार भित्रको सम्भावनालाई कायमै राखेको छ ।

पछिल्ला २ खेलमा पराजित भएको वेष्ट ह्यामले १९ औं मिनेटमा पेनाल्टीमार्फत पछि परेको थियो । बर्नलीका क्रिस उडले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए ।

Image

तर २ मिनेटपछि नै मिचेल एन्टोनियाले बराबरी गोल फर्काए । २९ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले अग्रता लियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन ।

जितपछि पाँचौं स्थानमा रहेको वेष्टह्यामले चौथो स्थानको चेल्सीसँगको दूरी ३ अंकमा झारेको छ । लिगमा अब ४ खेल खेल्न बाँकी छ ।

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey