Mega Bank

दिल्लीकाे पुरै टिम आइसाेलेसनमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 75 पटक हेरिएको

भारतमा जारी इन्डियन प्रिमियर लिग खेलिरहेका टिमलाई कोरोनाले नराम्रोसँग प्रभाव पार्न थालेको छ ।

सोमबार विहानमात्र कोलकाता नाइटराइडर्सका दुई खेलाडीमा कोरोना पोजेटिभ भएपनि राती हुने खेल स्थगित भएको थियो भने चेन्नेईका तीन जना पदाधिकारीमा पनि पोजेटिभ भएको समाचार बाहिर आएको थियो । यस्तैमा दिल्ली क्यापिटल्र्सको पुरै टिम क्वारेन्टिनमा बसेको छ ।

भारतीय क्रिकेट बोर्डले दिल्लीको पुरै टिमलाई आइसोलेसनमा बस्नका लागि निर्देशन दिएको छ । दिल्लीले अप्रिल २९ तारिखमा कोलकातासँग खेलेको थियो । हाल अहमदावादमा रहेको दिल्ली टिमका खेलाडी र स्टाफले आफ्नो ब्यक्तिगत रुपमा आइसोलेसनमा बस्नका लागि निर्देशन दिएको बताइएको छ ।

दिल्ली क्यापिटल्सले आफ्नो वेबसाईटमा कोलकातासँग खेलेकाले बीसीसीआईले सबैलाई आइसोलेसनमा बस्न भनेको बताएको छ । जसले सबै खेलाडी र स्टाफहरु होटेलमा नै आइसोलेसनमा रहेको बताएको छ ।

क्वारेन्टिन कति दिनको हुने भन्ने विषयमा भने कुनै मिती तोकिएको छैन । यस्तैमा दिल्लीले नरेन्द्र मोदी स्टेडियममा मंगलबार हुने भनिएको प्रशिक्षण पनि अन्योलमा परेको छ । अहिलेसम्म टिमलाई प्रशिक्षणका विषयमा पनि केहि बताइएको छैन । दिल्लीको अर्को खेल मे ८ मा अहमदावादमा रहेको छ ।

भर्खरै

Advertisement