पौडेल आइएफएससीको इभेन्ट कमिसनको सदस्यमा निर्वाचित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 243 पटक हेरिएको

नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका महासचिव मेघराज पौडेल इन्टरनेश्नल फेडेरेशन अफ स्पोर्टस क्लाइम्बिङको इभेन्ट कमिसनको सदस्यमा निर्वाचित भएका छन् ।

एसियन काउन्सिलको साधारण सभाले इभेन्ट कमिसनको सदस्यमा पौडेललाई निर्वाचित गरेको हो । साधारण सभा सन् २०२१ मार्च १९ मा बसेको हो । कमिसनको अध्यक्षमा चीन माउन्टेनेरिङ एसोसियनका लि गुन वि निर्वाचित भएका छन् ।

ओलम्पिक खेल समेत रहेको स्पोर्ट्स क्लाइम्बिङ नेपालमा २०६७ सालदेखि सक्रिय छ । स्पोर्ट्स क्लाइम्बिङले नेपालको प्रतिनिधित्व गर्दै एसियन गेम्समा समेत सहभागीता जनाएको छ । जापानमा यस वर्ष हुने ओलम्पिकमा समेत स्पोर्ट्स क्लाइम्बिङ खेललाई समावेश गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey