विराटनगर एनएसएलको शिर्ष स्थानमा, चितवनसँग दुई शुन्यले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 295 पटक हेरिएको

विराटनगर सिटी एफसीले जारी नेपाल सुपर लिगमा दोस्रो जित निकालेको छ । यो जितसँगै विराटनगर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा विराटनगरले एफसी चितवनलाई दुई शुन्यले हरायो ।

दशरथ रंगशालामा विराटनगरले पहिलो हाफमा चितवनको तुलनामा केहि आक्रामक फुटबल खेलेको थियो । तर पाएका मौकाको सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन ।

२३ औं मिनेटमा विराटनगरका सुनील बलले डिबक्समा खाली अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा निकै माथि आकाशियो ।
३६ औं मिनेटमा सुनील बलको क्रसमा एडेलाजाले बललाई राम्रोसँग कनेक्ट गर्न पाएनन् । जसका कारण विराटनगरले राम्रो गोलको मौका खेर फाल्यो ।

त्यसको अर्को मिनेटमा सन्तोष तामाङको लामो रेन्जको प्रहार पोष्टको माथिबाट बाहिरीयो । ३८ औं मिनेटमा चितवनका गोलकिपर अगाडी बढेको मौकामा विरानटगरका पेट्रोमान्जीले गरेको लामो प्रहारपनि फ्रेममा रहन सकेन ।

त्यसपछि पहिलो हाफको अन्तिममा चितवनका विदेशी खेलाडी गोरानले मौका पाएपनि सदुपयोग गर्न सकेनन् । इन्जुरी समयको पहिलो मिनेटमा विराटनगरका निरकुमार राईको प्रहारपनि पोष्टको नजिकैबाट बाहिरीयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा विराटनगरले अग्रता बनायो । ५१ औ मिनेटमा निरकुमार राईको क्रसमा पेद्रो मान्जीले बललाई पोष्टको दिशा दिन सकेनन् ।

५८ औं मिनेटमा सन्तोष तामाङले डिबक्स भित्रबाट गरेको प्रहारलाई चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफका तुलनामा दोस्रो हाफमा सुधारीएको प्रदर्शन गरेको विराटनगरले ७३ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका पेद्रो मान्जीले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए ।

एक गोलले पछि परेको अवस्थामा चितवनका जर्जप्रिन्स कार्कीले प्रहार गरेको बल पोष्टमा रहन सकेन । तर ८९ औं मिनेटमा विराटनगरले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि सन्तोष तामाङले गोल गर्न सफल भए ।

त्यसपछि चितवन खेलमा फर्कन सकेन र दोस्रो हार ब्यहोर्यो । यो जितपछि विराटनगरको चार खेलमा सात अंक बनाउँदै शिर्ष स्थानको धनगढीसँग अंक बराबरी गरेको छ । विराटनगरले चार खेलमा सात अंक बनाएको छ भने चितवनको चार खेलमा दुई अंक छ ।

यता लिगको पुछारमा रहेको चितवनको भने यो दोस्रो हार हो । चार खेलमा अझै चितवन अंक विहिन रहेको छ । यो हारले उसलाई लिगको शिर्ष चारमा पुग्ने लक्ष्यमा ठूलो धक्का लागेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey