Mega Bank

चितवनविरुद्ध विराटनगर दुई शुन्यले अगाडी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 65 पटक हेरिएको

चितवनविरुद्धको खेलमा विराटनगरले दुई शुन्यको अग्रता बनाएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा विराटनगरले अग्रता बनायो । ५१ औ मिनेटमा निरकुमार राईको क्रसमा पेद्रो मान्जीले बललाई पोष्टको दिशा दिन सकेनन् ।

५८ औं मिनेटमा सन्तोष तामाङले डिबक्स भित्रबाट गरेको प्रहारलाई चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफका तुलनामा दोस्रो हाफमा सुधारीएको प्रदर्शन गरेको विराटनगरले ७३ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका पेद्रो मान्जीले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए ।

एक गोलले पछि परेको अवस्थामा चितवनका जर्जप्रिन्स कार्कीले प्रहार गरेको बल पोष्टमा रहन सकेन ।

तर ८९ औं मिनेटमा विराटनगरले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि सन्तोष तामाङले गोल गर्न सफल भए ।

भर्खरै

Advertisement