Mega Bank

‘राष्ट्रिय टिममा पर्न सबै खेलाडीले आफ्नो पोजिसनका लागि ‘फाइट’ गर्नुपर्छ’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 165 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुतेराईले आफ्नो प्रशिक्षणमा खेलाडी पुर्ण रुपमा फिट भएमा मात्र टिममा पर्ने बताएका छन । उनले कुनैपनि खेलाडी सामान्य चोट बोकेको भएपनि टिम बाहिर हुने र उसको स्थान फिट खेलाडीले लिने बताएका छन । साथै उनले कुनैपनि खेलाडीले आफ्नो पोजिसनका लागि लड्नुपर्ने र आफुलाई प्रमाणित गर्नुपर्ने बताएका छन ।

नेपालमा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा आएका अब्दुल्लाहले नेपाल सुपर लिगलाई निकै नजिकबाट हेरिरहेका छन । उनले यो प्रतियोगिताबाट पनि केहि युवा राम्रा खेलाडी आफ्नो नजरमा परेको बताएका छन । उनले आफु प्रशिक्षक हुँदा जो कोही खेलाडीले पनि १०० प्रतिशत फिट भएर आफ्नो स्थानका लागि लड्नुपर्ने धारणा राखेका हुन ।

खेलाडीको फिटनेसमा कुनैपनि कम्प्रमाइज आफुले नगर्ने बताएका छन । उनकै प्रशिक्षणमा एन्फाले अघिल्लो महिना ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । जुन मे १७ तारिखबाट सुरु हुनेछ । नेपालले मे २९ तारिखमा इराकसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका रहेको छ भने त्यसपछि जुनमा फिफा विश्वकप छनौटका खेल खेल्नेछ ।

नेपाली फुटबलको विकाशका लागि अब्दुल्लाहले लामो समयको योजना रहेको बताएका छन । उनले विश्वकप छनौटका लागि ३२ खेलाडीलाई क्याम्पमा राखेपनि त्यसपछि जुनमा सुरु हुने अर्को क्याम्पमा ४५ खेलाडीको सूची बोलाइन र सबैको क्षमता हेर्ने बताए ।

उनले सिनियर खेलाडी भनेर कुनै प्राथमिकता नदिने र जुन समय खेलाडीले नराम्रो गर्छ, त्यसको स्थान अर्कोले लिनसक्ने बताएका छन । मे ११ बाट सुरु हुने क्याम्पका लागि उनले पहिलो चरणमा नेपाल सुपर लिगबाट आउट भएका तीन टिमका खेलाडी र १७ मे बाट अरु खेलाडीलाई पनि राखेर प्रशिक्षण सुरु गर्ने धारणा राखे ।

फिफा र एएफसीले राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स भएको प्रशिक्षक अनिवार्य गरेपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा ल्याएको हो ।

भर्खरै

Advertisement