लोकेश राहुलले एक साता आराम गर्नुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 761 पटक हेरिएको

आइपीएल टिम पञ्जाव किंग्सका कप्तान लोकेश राहुलको एपेन्डिक्सको सफल शल्यक्रिया भएको छ । उनको मुम्बईमा शल्यक्रिया भएको हो ।

आइपीएलका लागि अहमदावादमा भएका बेला राती अचानक पेट दुखेपछि प्राथमिक उपचार गरेर उनलाई अस्पताल लगिएको थियो । तर उनको एपेन्डिक्स देखिएपछि राती नै चार्टड गरेर शल्यक्रियाका लागि मुम्बई पठाइएको थियो ।

सोमबार उनको शल्यक्रिया भएको र एक साताको आरामपछि उनी फेरी आइपीएलमा फर्किनसक्ने डाक्टरले बनाएका छन । अब राहुल एक साता आरम गरेर त्यसपछि क्वारेन्टिन बसेर फेरी पञ्जाव टिममा फर्किने भएका छन ।

पञ्जावले राहुलका लागि क्लारेन्टिनको समय तोक्नका लागि सल्लाह गर्ने भएको छ । त्यहि अनुसार उनले क्वारेन्टिनमा बस्नुपर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey