एनएसएलः विराटनगर र चितवनबिचको पहिलो हाफ बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 270 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले एफसी चितवन र विराटनगर सिटी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका छन ।

दशरथ रंगशालामा विराटनगरले चितवनको तुलनमा केहि आक्रामक फुटबल खेलेको थियो । तर पाएका मौकाको सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन ।

२३ औं मिनेटमा विराटनगरका सुनील बलले डिबक्समा खाली अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा निकै माथि आकाशियो ।

३६ औं मिनेटमा सुनील बलको क्रसमा एडेलाजाले बललाई राम्रोसँग कनेक्ट गर्न पाएनन् । जसका कारण विराटनगरले राम्रो गोलको मौका खेर फाल्यो । त्यसको अर्को मिनेटमा सन्तोष तामाङको लामो रेन्जको प्रहार पोष्टको माथिबाट बाहिरीयो ।

३८ औं मिनेटमा चितवनका गोलकिपर अगाडी बढेको मौकामा विरानटगरका पेट्रोमान्जीले गरेको लामो प्रहारपनि फ्रेममा रहन सकेन ।

त्यसपछि पहिलो हाफको अन्तिममा चितवनका विदेशी खेलाडी गोरानले मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

इन्जुरी समयको पहिलो मिनेटमा विराटनगरका निरकुमार राईको प्रहारपनि पोष्टको नजिकैबाट बाहिरीयो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey