Mega Bank

कतै पीएसएलकै तरिकाले आइपीएलपनि स्थगित हुने त होइन ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 90 पटक हेरिएको

पाकिस्तान सुपर लिगमा ६ खेलाडीमा कोरोना पोजेटिभ भएपछि प्रतियोगिताको विचमा नै स्थगित गर्नुपरेको थियो । त्यहि अवस्था अहिले इन्डियन प्रिमियर लिगमा देखिने संभावना रहेको छ ।

इन्डियन प्रिमियर लिगमा पनि अहिलेसम्म सात खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा कोलकाताका दुई खेलाडी, चेन्नेईका तीन पदाधिकारीमा कोरोना पोजेटिभ भएको छ । बायो बबलका विचपनि खेलाडी र स्टाफलाई कोभिड हुनुले आइपीएलको निरन्तरतामा ठूलो प्रश्न खडा गरेको छ ।

पाकिस्तान सुपर लिगपनि बायो बबलबाट बाहिर निस्किएकाले पछि कोरोना भएको थियो । आइपीएलमा पनि कोलकाताका बरुण ग्रिन पास लिएर बायो बबलबाट बाहिर निस्किएको बताइएको छ । उनी नियम विपरीत बायो बबलबाट बाहिर निस्किएर टिमका मालिकलाई भेट्न गएका थिए । उनले ग्रिन पास लिएको भएपनि कोरोना त्यहि बेला लागेको हुनसक्ने अनुमान गरिएको छ ।

पीएसएलमा पनि कोभिड देखिएपनि पहिलो खेल स्थगित भएको थियो तर पछि प्रतियोगिता नै स्थगित गर्नुपरेको थियो । यस्तै अवस्था आइपीएलमा पनि देखिएको छ । स्रोतका अनुसार कोलकाताका दुई खेलाडीमा कोरोना देखिएपछि अरु टिमले कोलकाताविरुद्ध खेल्न कठिन मानिरहेका छन ।

भर्खरै

Advertisement