Mega Bank

परेराले अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 93 पटक हेरिएको

श्रीलंकाका पूर्व कप्तान थिसारा परेराले अन्तरष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका छन ।

परेराले सोसियल मिडियामा जानकारी दिँदै आफुले सन्यास लिएको बताएका छन । ३२ बर्षे परेराले श्रीलंकाका लागि टेष्टमा थोरै समय खेलेपछि एकदिवसियमा भने लामो समय खेलेका थिए । उनले श्रीलंकाको कप्तानी समेत गरेका थिए । जसमा उनले ६ टेष्ट खेल्दा एक सय ६६ एकदिवसीय र ८४ टी २० खेल खेलेका थिए ।

उनले राष्ट्रिय टिमबाट अन्तिम पटक वेष्ट इन्डिजविरुद्ध गत मार्चमा खेलेका थिए ।

टेष्टमा उनले नौ सय ५४ रन बनाएका छन भने ११ विकेट लिएका छन । यस्तै एकदिवसिय खेलमा पाँच हजार सात सय ४० रन बनाएका थिए भने एक सय ७५ विकेट लिएका थिए ।

यस्तै टी २० मा उनले एक हजार एक सय दुई रन बनाउनुका साथै ५१ विकेट लिएका थिए ।

भर्खरै

Advertisement