कोभिडले आइपीएलमा पनि प्रश्न खडा, कोलकाता र बैंग्लोरविचको खेल स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 469 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा आज हुने भनिएको रोयल च्यालेञ्जर्स बैंग्लोर र कोलकाताविचको खेल कोभिडका कारण स्थगित भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार कोलकाताको टिममा कोरोना संक्रमण देखिएकाले आज राति हुने खेल स्थगित गरिएको दावी गरेका छन ।

यता भारतीय क्रिकेट बोर्डले भने खेल स्थगित हुनुको कारणका बारेमा केहि बोलेको छैन । भारतमा पछिल्लो पटक कोभिडको प्रभावन दैनिक रुपमा नयाँ उचाई छुइरहेका बेला आइपीएल भने भइरहेको छ । बायोबबलमा सबैलाई राखेर प्रतियोगिता भइरहेको हो ।

तर अब टिममा कोभिड देखिएपछि आइपीएलमा पनि प्रश्न चिन्ह खडा भएको छ । आज स्थगित भएको खेलको नयाँ मिती चाँडै तोकिने भएको छ ।

कोलकाताका दुई खेलाडीमा कोरोना देखिएपछि आजको खेल स्थगित भएको हो । जसमा बरुन चक्रवर्ती र सन्दिप वारियरमा कोरोना पोजेटिभ पाइएको हो ।

उनीहरुको चार दिनमा तेस्रो पटक कोभिडको परिक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ । यी दुई खेलाडीको रिपोर्ट पोजेटिभ आएपनि बाँकी खेलाडीको भने नेगेटिभ देखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey