Mega Bank

यू-१९ विश्वकप छनौटमा नेपालको प्रतिद्धन्द्धी यस्ता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 210 पटक हेरिएको

सन् २०२२ मा हुने आइसीसी यू १९ विश्वकप क्रिकेटका लागि पाँच वटा स्थानमा ३४ टिमले प्रतिस्पर्धा गर्ने भएका छन ।

वेष्ट इन्डिजमा हुने प्रतियोगिता अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बावेले सोझै स्थान बनाएका छन । उनीहरुले सन् २०२० मा शिर्ष ११ मा रहेकाले सोझै विश्वकप खेल्नेछन ।

बाँकी पाँच टिमका लागि क्षेत्रीय छनोट खेल्नुपर्ने भएको छ । कोभिडका कारण यो विश्वकपपनि एक बर्षका लागि सरेको थियो । जसमा सात वटा क्षेत्रीय प्रतियोगिता हुनेछन । आगामी जुनबाट सुरु हुने छनौट प्रतियोगितामा नेपालले एशिया क्षेत्रीय छनौट खेल्नेछ । जसमा मलेसिया, नेपाल, कुवेत, यूएर्ईले उपक्षेत्रीय छनौट खेलेको टिमसँग खेल्नेछ ।

एशिया क्षेत्रमा दुई वटा छनौट चरण हुनेछन । पहिलो चरणको छनौटमा भुटान, हङकङ, ओमान कतार, साउदी अरेविया, सिंगापुर र थाइल्याण्ड खेल्नेछन । त्यसको विजेताले दोस्रो चरणमा नेपाल, मलेसिया, कुवेत र यएईसँग खेल्नेछ । दोस्रो चरणको छनौट प्रतियोगिता यूएईमा हुनेछ । जसमा शिर्ष हुने टिमले विश्वकपमा स्थान बनाउनेछ ।

भर्खरै

Advertisement