Mega Bank

एनएसएल– चितवनलाई जित्नैपर्ने दवाव, विराटनगरलाई शीर्ष स्थानमा उक्लने अवसर

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 142 पटक हेरिएको

 

नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र विराटनगर सिटी एफसी आमने सामने हुँदैछन् । आज साँझ साढे ५ बजेदेखि सुरु हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आजको खेल चितवनका लागि जित्नैपर्ने हुनेछ । राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासको नेतृत्वमा रहेको चितवनले अहिलेसम्म एउटा पनि जित हासिल गर्न सकेको छैन । भरत आफैं चोटका कारण टिममा स्थान बनाउन सकिरहेका छैनन् ।

अंकतालिकाको पुछारमा रहेको चितवनले सुरुआती दुई खेलमा क्रमसः ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको थियो । पछिल्लो खेलमा चितवनले धनगढी एफसीसँग ३–० को हार ब्यहोरेको थियो ।

यता विराटनगरले ३ खेलबाट ४ अंक जोडेको छ । आजको खेलमा जित हासिल गरेमा उसलाई शीर्ष स्थानमा उक्लने अवसर पनि हुनेछ । पहिलो खेलमा धनगढी एफसीलाई ३–० ले हराएको विराटनगरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–० को पराजय ब्यहोरेको थियो । पछिल्लो खेलमा उसले बुटवल लुम्बिनीसँग २–२ गोलको रोमान्चक बराबरी खेलेको थियो ।

भर्खरै

Advertisement