Mega Bank

दिल्ली आइपीएलकाे शिर्ष स्थानमा, पञ्जावकाे पाँचौं हार

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 59 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्र्सले पञ्जाव किंग्सलाई सात विकेटले हराएको छ । यो जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै एक सय ६६ रन बनाएको छ ।

पन्जावका लागि मायांक अग्रवालले ५८ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै अविजित ९९ रन बनाए । त्यस्तै प्रविशिमरण १२, क्रिश गेल १३, डेभिड मलान २६, दिपक हुडा १ शाहरुक खान ४ क्रिस जोर्डन २ र हप्रित बार्र नटआउट ४ रनको योगदान गरे ।

सुरुवात राम्रो गर्न नसकेको पञ्जावले १७ रनमा पहिलो विकेट गुमायो भने ३५ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पञ्जावको स्कोर ८८ रन हुँदा चार विकेट झरेको थियो । आजको खेलमा पञ्जावका नियमित कप्तान लोकेश राहुल उपचारका लागि अस्पताल भर्ना हुँदाको मायांक अग्रवालले कप्तानी गरेका थिए ।

पञ्जावका सुरुवाती चार खेलाडीले राम्रो गरेपछि बाँकीले बलियो रन बनाउन सकेनन् । दिल्लीका लागि कासिगो राबाडाले तीन तथा आभेश खान र अक्षर पटेलले समान एक एक विकेट लिए ।

जवाफमा दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेको थियो । उसका ओपनर पृथ्वी शाले २२ बलमा तीन चौका र तीन छक्काको मद्दतले ३९ रन बनाएर आउट भए ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथ ब्यक्तिगत २५ रनमा पेभेलियन फर्किदा दिल्लीले एक सय ११ रनमा दोस्रो विकेट गुमायो । लगत्तै रिशभ पन्तपनि १४ रनमा आउट भएपछि दिल्लीको तेस्रो विकेट गयो । त्यो बेला उसको स्कोर एक सय ४७ रन थियो ।

दिल्लीको जितमा शिखर धवनले अविजीत ६९ रन बनाए । उनले ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै सिमरन हिटमेयरले १६ रनको योगदान गरे ।

यो जितपछि दिल्लीको आठ खेलमा ६ जित र दुई हारका साथ १२ अंक भएको छ । दोस्रो स्थानमा झरेको चेन्नेई र तेस्रो स्थानको बैंग्लोरका समान १० अंक छ । लिगको छैटौं स्थानमा रहेको पञ्जावको आठ खेलमा यो पाँचौं हार हो । उसको ६ अंक छ ।

भर्खरै

Advertisement