Mega Bank

ललितपुरका प्रशिक्षक हुमागाईद्वारा राजिनामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 82 पटक हेरिएको

नेपाल सुपर लिगमा चार खेलसम्म जित विहिन बनेको ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदिप हुमागाईले राजिनामा दिएका छन ।

जारी एनएसएलमा चार खेलसम्म जितविहिन भएको ललितपुर सिटी एफसीका प्रशिक्षक हुमागाँईले नतिजा नआएपनि नैतिकताका आधारमा राजिनामा दिएको बताए ।

उनले नेप्लेजसँगको कुराकानीमा आफ्नो लक्ष्य अनुसारको नतिजा नआएपछि सबै बुझेर राजिनामा दिएको बताए । उनले राजिनामा पत्र टिमका डाइरेक्टरलाई लेखेका छन ।

पोखरा थन्डर्सविरुद्धको खेलमा पनि गोलरहित बराबरी खेलेर होटेल पुगेपछि उनले राजिनामा दिएका हुन । टिमले खराव प्रदर्शन गरेपछि उनलाई बोर्डले नै हटाउन खोजेको थियो । त्यहि विचमा उनले राजिनामा दिएको बताइएको छ ।

भर्खरै

Advertisement