कप्तान परिवर्तन गर्दापनि हैदरावाद राजस्थानसँग ५५ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 399 पटक हेरिएको

इन्डियन प्रिमियर लिगले राजस्थान रोयल्सले तेस्रो जित निकाल्दा सनराईजर्स हैदरावाद ५५ रनले पराजित भयो । जारी प्रतियोगितामा हैदरावादको यो छैटौं हार हो ।

दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २० रन बनायो ।

राजस्थानका लागि ओपनर ब्याट्सम्यान जोस बटलरले शतकीय पारी खेले । राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन ।

मात्र १७ रन हुँदा यशस्वी जैशवाललाई ब्यक्तिगत १२ रनमा गुमाएको राजस्थानको पारीलाई कप्तान सञ्जु सामसन र जोस बट्लरले बलियो अवस्थामा पुर्याए ।

सामसन र बट्लरले दोस्रो विकेटका लागि एक सय ५० रनको उत्कृष्ट साझेदारी गरे । जसमा सामसनले ४८ रन बनाएर आउट हुँदा राजस्थानले एक सय ६७ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि जोस बट्लर एक सय २४ रनमा आउँदा हुँदा राजस्थानको स्कोर दुई सय नौ रन थियो । बट्लरले ६४ बलमा ११ चौका र आठ छक्का प्रहार गरे । अन्तिममा रायन प्रागले १५ रनको योगदान गरे ।

जवाफमा हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ६५ रनमात्र बनाउन सक्यो ।

यो सिजनमा राम्रो प्रदर्शन गर्न नसकेपछि कप्तान नै परिवर्तन गरेको हैदरावादले राजस्थानविरुद्धपनि जित निकाल्न सकेन । खेलमा हैदरावादले सुरुवात भने राम्रो गरेको थियो ।

पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको हैदरावादका मध्यक्रमका खेलाडीविच दरिलो साझेदारी हुन सकेन । ७० रनमा दोस्रो विकेट गुमाएको उसले एक सय पाँच रन बनाउँदा चार विकेट खेर फाल्यो । त्यसपछि उसले स्कोरबोर्डमा एक सय ४३ रन जोड्दा आठ विकेट झरेको थियो ।

हैदरावादका लागि जोनी ब्रेस्टोले ३ण् रन बनाए भने मनिश पाण्डेले ३१ रनको योगदान गरे । यस्तै आजको खेलबाट कप्तानीको जिम्मेवारी पाएका केन विलियम्सन पनि २० रनमा नै आउट भए ।

उसका विजय शंकर मात्र आठ रनमा आउट भए भने केदार जादव १९ र मोहम्मद नाबी १७ तथा अब्दुल सामद १० रनमा पेभेलियन फर्किए ।

पुछारका खेलाडी रासिद खानले खाता खोल्न सकेनन् । बलिङमा राजस्थानका क्रिस मोरीस र मुस्ताफिजुर रहमानले तीन तीन विकेट लिए ।

यो जितपछि राजस्थानको सात खेलमा ६ अंक भएको छ भने पुछारमा रहेको हैदरावाद सात खेलमा मात्र दुई अंकका साथ बसिरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey