Mega Bank

ललितपुर अझै जितकाे खाेजीमा, पाेखरासँग बराबरीमा राेकियाे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 65 पटक हेरिएको

नेपाल सुपर लिगमा ललितपुर चौथो खेलमा पनि जितविहिन बनेको छ । आज भएको खेलमा ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेल्यो ।

दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पोखराले केहि आक्रामक खेल खेलेको थियो । आठौं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई प्रहार गर्दा पोष्टको निकै नजिकबाट बाहिरीयो ।

१६ औं मिनेटमा ललितपुर सिटी एफसीका विदेशी खेलाडी भिलिमले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेनन् । २० औं मिनेटमा पोखराका नवयुग श्रेष्ठले डिबक्समा ललितपुरका गोलकिपर अर्पन कार्कीलाई विट गरेर प्रहार गरेको बल आकासिन पुग्यो । ३९ औं मिनेटमा पोखराका नितिन थापाको प्रहार ललितपुरका गोलकिपर अर्पनले बचाए ।

४२ औं मिनेटमा पोखराका मोउसाले डिबक्सभित्रबाट बायाँ खुट्टाले प्रहार गरेको बल पोष्ट बाहिर रह्यो । त्यसको अर्को मिनेटमा भिलिनको क्रसमा विमल रानाले गरेको हेड फ्रेममा रहन सकेन । ४४ औं मिनेटमा रवि पासवानको पासमा नवयुग श्रेष्ठको प्रहारपनि पोष्टको नजिकैबाट बाहिरीयो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा ललितपुरले निकै सुनौलो मौका खेर फाल्यो । उसका अञ्जन विष्टको प्रयासलाई अजित भण्डारीले गोललाईनबाट बचाए ।

८१ औं मिनेटमा पोखराका मोउसाले गरेको हेडको प्रयासपनि फ्रेममा रहन सकेन । जसका कारण पोखराले सुनौलो मौका खेर फाल्यो । ८४ औं मिनेटमा पोखराका आयुष घलानले डिबक्स भित्रबाट प्रहार गरेको बलपनि फ्रेममा रहन सकेन ।

८६ औं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले पोखराका एक डिफेन्डरलाई विट गरेर डिबक्स भित्रबाट गरेको प्रहार गोलकिपरले बचाए । त्यसपछि पनि ललितपुरले २ माैका पाउँदा गाेल गर्न सकेन भने पाेखरापनि गाेल गर्न असफल बन्याे ।

यो बराबरीपछि पोखराको चार खेलमा पाँच अंकका साथ लिगको तेस्रो स्थानमा छ । ललितपुरको भने चार खेलमा मात्र तीन अंक रहेको छ ।

भर्खरै

Advertisement