कप्तानबाट हटेपछि प्लेइङ सेटबाट नै बाहिर वार्नर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 314 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा अहिले राजस्थान रोयल्स र सनराइजर्स हैदरावादविच प्रतिस्पर्धा भइहरेको छ । जसमा हैदरावादले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलबाट हैदरावादको कप्तानी केन विलियम्सनले गर्नेछन । डेविड वार्नरलाई हटाएर हैदरावादले विलियम्सनलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ । तर आजको खेलमा नै वार्नरलाई टिमबाट बाहिर राखिएको छ ।

आइपीएलमा धेरै रन बनाउने खेलाडीको सूचीमा रहेको वार्नरलाई टिमले सुरुवाती ११ बाट बाहिर राखेको हो । हैदरावादले सुरुवातमा कप्तानबाट हटाएका वार्नरलाई अहिले प्लेइङ सेटबाट हटाइएको छ ।

वार्नरले आइपीएलमा एक सय ४८ खेलमा पाँच हजार चार सय ४७ रन बनाएका छन । जसमा उनको उच्च स्कोर एक सय २६ रन रहेको छ । उनले दुई सय एक छक्का र पाँच सय २५ चौका प्रहार गरेका छन । यसका साथै उनले चार शतक र ५० अर्धशतक बनाएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey