ओलम्पिक टर्च र्यालीमा सहभागि ८ जनामा कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 374 पटक हेरिएको

टोकियो ओलम्पिकको टर्च र्यालीमा सहभागि भएका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । ओलम्पिक आउन तीन महिना भन्दापनि कम समय बाँकी हरेका बेला ओलम्पिक टर्च र्याली जापानका विभिन्न शहरमा भइरहेको छ ।

ओलम्पिक आयोजकले बताए अनुसार पछिल्लो पटक ६ जनामा र यसअघि दुई जनालाई कोरोना संक्रमण देखिएको बताएको छ । पोजेटिभ हुनेमा ६ जनामा २० देखि ३० बर्षका रहेको बताइएको छ । दुई जनामा गत महिना कोरोना पोजेटिभ देखिएको थियो ।

टर्च र्यालीमा पनि कोरोनाको प्रोटोकल बनाइएको थियो भने त्यसको कडा पालनापनि गरिएको थियो । तर पनि टर्च र्यालीमा सहभागि हुनेसमा कोरोना देखिनेको संख्या ८ पुगेको छ ।

पछिल्लो पटक जापामा पनि कोरोनाको संक्रमण जारी रहेकाले विभिन्न राज्यका शहरमा आपतकालिनको घोषणा गरिएको छ । यस्तैमा कोभिडका कारण नै आइतबार हुने भनिएको टर्च र्याली स्थगित भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey