Mega Bank

एनएसएलमा पोखरा र ललितपुर भिड्दै, दुवैलाई जितको दवाव

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 110 पटक हेरिएको

नेपाल सुपर लिग (एनएसएल)मा आज एक खेल हुनेछ । आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि जितको दवाव छ । मुख्य गरी ललितपुरलाई धेरै नै दवाव छ ।

पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित रहेको ललितपुरले त्यसयता २ खेलमा बराबरी खेलेको छ । तीन खेलबाट २ अंक जोडेको ललितपुरका लागि शीर्ष चारभित्र अटाउन बाँकी तीनै खेलमा जित अनिवार्य रहनेछ ।

पोखराले पहिलो खेलमा बुटवल लुम्बिनीसँग पराजय ब्यहोरे पनि त्यसयता एउटा जित र एक बराबरी खेल्दै ४ अंक जोडेको छ । ललितपुरको तुलनामा पोखरालाई केहि कम दवाव छ ।

यसअघि हिजो भएको खेलमा धनगढी एफसीले एफसी चितवनमाथि ३–० को जितपछि ७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको थियो । दोस्रो खेलमा बुटवलले विराटनगर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो ।

भर्खरै

Advertisement