लिभिङस्टाेनकाे स्थानमा २० बर्षे दक्षिण अफ्रिकी गेराल्ड राजस्थान टिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 409 पटक हेरिएको

राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिगका लागि लियाम लिभिङ्टोनको स्थानमा दक्षिण अफ्रिकी तिब्रगतिका बलर गेराल्ड कोइट्जीलाई अनुबन्ध गरेको छ ।

यो सिजनको आइपीएल जारी हुँदा लिभिङ्स्टोनले नखेल्ने निर्णय गरेका थिए । जसका कारण राजस्थानेले उनको स्थानमा युवा बलरलाई भित्र्याएको हो ।

२० बर्षे तिब्रगतिका बलर गेराल्डले अहिलेसम्म आठ टी २० खेल खेलेका छन । जसमा नौ विकेट लिएका छन ।

उनले दक्षिण अफ्रिकाका लागि यू १९ विश्वकप खेलेका थिए । रोयल्सले जारी आइपीएलमा राम्रो प्रदर्शन गर्न सकेको छैन । जसमा राजस्थानले ६ खेलमा दुई खेल मात्र जितेको छ ।

राजस्थान टिममा सिजनको सुरुवातमा रहेका बेन स्टोक्स, लियाम लिभिङस्टोन र एन्र्डु तेईले नाम फिर्ता लिएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey